Nepal Police अन्तर्गत मोरङ प्रहरीले साढे ११ किलोग्रामभन्दा बढी गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार Biratnagar Metropolitan City–३ बरगाछी चोकमा पैदल हिँडिरहेका दुई जनालाई शंका लागेर जाँच गर्दा ११ किलो ५२० ग्राम गाँजा फेला परेको हो।
पक्राउ पर्नेमा Araria District का १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्णकुमार सिंह रहेका छन्। उनीहरू शुक्रबार दिउँसो करिब १ बजे सो स्थानमा हिँडिरहेका बेला प्रहरीले झोला जाँच गर्दा प्लास्टिकले बेरिएको अवस्थामा गाँजा बरामद गरेको जनाएको छ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि District Police Office Morang मा राखिएको जनाएको छ।







प्रतिक्रिया