बालेनलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउन गाँठो खोल्दै रास्वपा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रास्वपाले विधानमा रहेको साधारण सदस्यको बहुमतले संसदीय दलको नेता छनोट गर्ने व्यवस्थालाई संसोधन गर्ने तयारी गरिरहेको छ। अन्य दलमा भने निर्वाचित सांसदले नै आफ्नो संसदीय दलको नेता छनोट गर्ने व्यवस्था छ।

संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ। यसपटक बालेनलाई निर्विरोध संसदीय दलको नेता बनाउने तयारी रास्वपाको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री बनाउने भनेर जनतासँग भोट मागेको थियो।