एमाले अध्यक्ष ओलीलाई पितृशोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।

ओलीका बुबा मोहन ओलीको गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठठाघरस्थित अस्पतालमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ रहेको बताइएको छ । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डु लैजाने तयारी गरिएको छ र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।