जिल्ला प्रहरी कार्यालय बागलुङले ताराखोला गाउँपालिका–२, हल्पुखोलास्थित गुफाबाट चार थान भरुवा बन्दुक बरामद गरेको छ। बरामद भएको तथ्य आज प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेका अनुसार, लुकाइछिपाई राखिएको बन्दुक बरामद गर्ने अभियान इलाका प्रहरी कार्यालय हरिचौर अन्तर्गतको प्रहरी चौकी भात खाने डाँडाले सञ्चालन गरेको हो। यो कदम आगामी निर्वाचनअघि अवैद्य हातहतियार नियन्त्रण गर्ने रणनीतिको अंश हो।
यसअघि बागलुङ प्रहरीले विभिन्न स्थानबाट एक सय १५ थान भरुवा बन्दुक बरामद गरिसकेको छ। प्रहरीका अनुसार, यसरी बरामद बन्दुकहरूले जनसुरक्षा र शान्ति कायम राख्न योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।







प्रतिक्रिया