नेप्से सामान्य अंकले उकालो, कारोबार रकम घटेर ८ अर्ब २२ करोडमा सीमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार सामान्य वृद्धि हुँदै बन्द भएको छ। कारोबारको सुरुवातमा बढेर २७०६ अंकसम्म पुगेको नेप्से उतारचढावपछि अन्त्यमा १.५३ अंकले बढ्दै २६९५.७३ अंकमा पुगेर बन्द भयो।

आइतबारको तुलनामा सोमबार कारोबार रकम अझै घटेको छ। आइतबार ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा सोमबार ८ अर्ब २२ करोड रुपैयाँको मात्रै सेयर कारोबार भयो।

सोमबार नेप्सेमा कारोबार भएका ११४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ। १३ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

समूहगत सूचकतर्फ होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.७७ प्रतिशतले बढ्यो भने विकास बैंक समूह ०.७७ प्रतिशतले उकालो लाग्यो। यता फाइनान्स उपसूचक ०.८९ प्रतिशतले घट्दा जीवन बीमा समूह ०.३५ प्रतिशतले ओरालो लागेको छ।

आजको कारोबारमा एसवाइ प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार ऊर्जाको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ।