महावीर पुन रिसाएरै क्याबिनेटबाट बाहिरिएका हुन् : प्रधानमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन क्याबिनेटबाट रिसाएर बाहिरिएको खुलासा गरेकी छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले पुनले प्रस्ताव गरेका केही कानुन समयमै बनाउन नसक्दा असन्तुष्ट भएर पद छोडेको बताइन्।

‘जहाँसम्म पुनजीको कुरा छ, उहाँ त रिसाएरै जानुभएको हो। उहाँले दुई–चार वटा कानुन बनाउन भन्नुभएको थियो, ती कानुन राम्रै थिए,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तर हामीले छोटो समयमा ती कानुन बनाएर सहयोग गर्न सकेनौं। अनेक परिस्थितिहरू हुन्छन्, सबै कुरा सम्भव हुँदैन।’

प्रधानमन्त्री कार्कीले यस्तो विषयलाई व्यक्तिको अधिकारको रूपमा लिन आग्रह गर्दै मन्त्री पुनको निर्णयलाई स्वाभाविक रूपमा बुझ्नुपर्ने धारणा राखिन्।

महावीर पुनले शिक्षामन्त्री पदबाट राजीनामा दिएपछि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।