भक्तपुर — गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरमा रहेका दुई वटा मुख्य निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण गरेका छन्। आइतबार गृहमन्त्री अर्यालसहित गृहसचिव राजकुमार श्रेष्ठ, सहसचिव तथा सुरक्षा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्ले लगायतको टोलीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का प्रमुख निर्वाचन अधिकृत नवराज दाहाल र क्षेत्र नम्बर २ की प्रमुख निर्वाचन अधिकृत राधिका सुवालसँग भेट गरी निर्वाचन केन्द्रित तयारी र प्रशासनिक कार्यबारे जानकारी लिएको हो।
निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले भक्तपुरको निर्वाचन सुरक्षा अवस्था र समग्र तयारीबारे मुख्य निर्वाचन अधिकृतहरूसँग छलफल गरे। उनले आसन्न निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्न प्रमुख निर्वाचन अधिकृतहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै सोहीअनुसार जिम्मेवारीपूर्वक सेवा प्रवाह गर्न निर्देशन दिए।
यसैबीच, गृहमन्त्री अर्यालले आइतबार नै मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधार गृहको अनुगमन पनि गरेका छन्। माघ ८ गते मध्यराति सुधारगृहमा भएको आगजनी र तोडफोड घटनापछि वस्तुस्थिति बुझ्न उनी सुधार गृह पुगेका हुन्।
गृहमन्त्री अर्यालले उक्त घटनापछि १८ वर्षमाथिका बाल बिज्याइँकर्तालाई नुवाकोटस्थित कारागारको छुट्टै ब्लकमा स्थानान्तरण गरिसकिएको जानकारी दिए।







प्रतिक्रिया