काठमाडौं — परराष्ट्र मन्त्रालयले इरानमा रहेका तथा इरान जाने तयारीमा रहेका नेपाली नागरिकहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ। मन्त्रालयले आइतबार एड्भाइजरी जारी गर्दै इरान भ्रमणको योजना तत्काल स्थगित गर्न आग्रह गरेको हो।
मन्त्रालयका अनुसार पछिल्लो समय अमेरिका र इरानबीच बढ्दो तनावलाई ध्यानमा राख्दै अवस्था सामान्य नभएसम्म इरान यात्रा नगर्न नेपाली नागरिकलाई अनुरोध गरिएको छ।
त्यसैगरी, हाल इरानमा बसोबास वा काम गरिरहेका नेपालीहरूलाई उपलब्ध माध्यम प्रयोग गरी सकेसम्म चाँडो देश छोड्न पनि मन्त्रालयले आग्रह गरेको छ।








प्रतिक्रिया