प्रतिनिधि सभा निर्वाचनका लागि ३० लाख मतपत्र छपाइ सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न गरेको छ।

शनिबार रातिसम्मको तथ्यांकअनुसार २५ जिल्लाका लागि प्रत्यक्षतर्फका मतपत्र छापिएको निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार आयोगले दैनिक १२ देखि १५ लाखको हाराहारीमा मतपत्र छपाइ गर्दै आएको छ र निर्वाचन तालिकाअनुसार नै काम अघि बढिरहेको छ।

त्यसैगरी, समानुपातिकतर्फको मतपत्र छपाइ कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको आयोगले जनाएको छ। समानुपातिकतर्फ कुल २ करोड ८ लाख ३० हजार मतपत्र छापिएका छन्।

‘मतपत्र छपाइको काम छिट्टै सकिन्छ। हामी निर्वाचन कार्यतालिकाभित्रै छौं,’ प्रवक्ता भट्टराईले बताए।