सिरहा नगरपालिका–१ मा अज्ञात व्यक्तिद्वारा गोली प्रहार गरी ४५ वर्षीय प्रेमनाथ यादवको मृत्यु भएको छ। घटना वडाको मैनाबत्ती खोला किनारस्थित यादवको आफ्नै खेतमा घटेको थियो। यादव त्यतिबेला ट्र्याक्टरले खेत जोतिरहेका थिए।
वडा अध्यक्ष महेश कुमार यादवका अनुसार, “मैले पनि सुनेको छु, कसैले गोली दागेर हत्या गरेको छ। घटनाबारे थप बुझ्दै छु। अस्पतालतर्फ जाँदै छु।”
सिरहा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले प्रारम्भिक अनुसन्धान अनुसार यो हत्या गोली हानी गरिएको देखिएको बताए। तर कसले र किन गोली हानेको हो भन्ने विषय अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान जारी छ।







प्रतिक्रिया