दाबी गरेका छन्।
शुक्रबार सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रममा सभापति थापाले मतदातालाई आश्वस्त पार्दै भने, “हिजोका राम्रा कुरा हामीसँग छन्, हिजोका खराब कुरा मात्र छाडिएका छन्। हाम्रो परम्परा, संस्कृति र गौरव कायम छ। अब नयाँ समयको मागअनुसार अघि बढ्छौं।”
उनले अबको पाँच वर्षका लागि कांग्रेससँग स्पष्ट योजना र सोच रहेको उल्लेख गर्दै भ्रष्टाचार र कुशासन अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याए। सभापति थापाले बताए अनुसार, हिजोका गल्ती–कमजोरीलाई दोहोर्याउने छैनन् र देश परिवर्तनका कामहरू पूरा गर्ने लक्ष्य लिएर अघि बढेको कांग्रेस जनता माझ प्रस्तुत छ।







प्रतिक्रिया