नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा आफ्नो स्थिति सुरक्षित रहेको दाबी गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा फैलिएका हल्ला केही प्रभाव पारे पनि मतदाताबीच पार्टी सुरक्षित अवस्थामा रहेको जानकारी दिएका छन्।
पोखरेलले भने, “सोसल मिडियामा हुने हल्लाले एक खालको प्रभाव त पारेको छ, तर मतदाताबीचको कुरामा हेर्दा हामी झापा–५ मा सुरक्षित छौं। त्यहाँ कुनै प्रकारको जोखिम छैन भन्ने पार्टीको विश्लेषण छ।”
यस क्षेत्रबाट एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन् भने रास्वपाका वरिष्ठ नेता बालेन शाह पनि चुनावी प्रतिस्पर्धामा रहेका छन्।







प्रतिक्रिया