नेकपा एमाले निकट राष्ट्रिय युवा संघले नेतृत्व परिवर्तन गर्ने तयारी गरेको छ। वर्तमान अध्यक्ष क्षितिज थेबे पार्टी केन्द्रीय सदस्य हुनु र प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका कारण अब संघको नेतृत्व छोड्ने तयारीमा छन्।
यो निर्णय राष्ट्रिय सभा गृहमा बोलाइएको केन्द्रीय युवा परिषद्को बैठकमा लिइएको हो। गत जेठमा पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट थेबे दोस्रोपटक अध्यक्ष निर्वाचित भएका थिए।
स्रोतका अनुसार, थेबेले नेतृत्व छोडेपछि उपाध्यक्ष महाराज गुरुङलाई नयाँ अध्यक्ष चयन गर्ने प्रक्रिया अघि बढाइने छ। बैठकले गुरुङलाई नयाँ अध्यक्षको रूपमा चयन गर्ने तयारी गर्दैछ।







प्रतिक्रिया