महेश बस्नेतको आरोप– ‘घुमन्ते उम्मेदवार जाने चलन रास्वपाले चलायो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एमालेका सचिव महेश बस्नेतले देशभर घुमन्ते उम्मेदवार जाने चलन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको आरोप लगाएका छन् । राष्ट्रिय युवा संघ, केन्द्रीय युवा परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले मतदातालाई घुमन्ते उम्मेदवारलाई अस्वीकार गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘अहिले घुमन्ते उम्मेदवार देशभर जाने चलन रास्वपाले चलाएको छ । घुमन्तेलाई घुमाइदिनुस्, विकास र समृद्धि देखाइदिनुस्, भोट भने नेकपा एमालेलाई हालिदिनुस् ।’

सचिव बस्नेतले झापा लगायत देशभरका मतदातालाई यसपटक रैथाने उम्मेदवारलाई नै मतदान गर्न आग्रह गर्दै घुमन्ते उम्मेदवारको विरोध गरे । ‘यसपटकको चुनावमा घुमन्ते उम्मेदवार बाइबाइ, रैथाने उम्मेदवार हाइहाइ,’ उनले भने, ‘नेकपा एमाले जिन्दावाद, घुमन्ते उम्मेदवार मुर्दावाद ।’

त्यसैगरी, उनले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यक्ति हत्या गर्ने आरोप लगाउने प्रपञ्च भइरहेको दाबीसमेत गरेका छन् । ‘पूर्वप्रधानमन्त्रीलाई व्यक्ति हत्याको आरोप लगाउने षड्यन्त्र भइरहेको छ,’ बस्नेतले बताएका छन् ।