मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टियो, ३८ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् । दाङबाट काठमाडौंतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको नाइट बस आज बिहान करिब ३ बजेर १० मिनेटमा ‘घुमाउने’ भन्ने स्थानमा सडकमै पल्टिएको हो ।

प्रहरीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि भरतपुर र मुग्लिनका विभिन्न अस्पतालमा पठाएको जनाएको छ । मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिनमा ६ जना घाइतेको उपचार भइरहेको छ ।

बस दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक हाल खुलेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।