प्रधानमन्त्री सुशीला कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई (मधेश) द्रुतमार्गको मंगलबार बिहान स्थलगत निरीक्षण गरेकी छन्। निरीक्षणका क्रममा प्रधानमन्त्री कार्की नेपाली सेनाका अधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको टोलीसहित आयोजनास्थल पुगेकी थिइन्।

नेपाली सेनाको व्यवस्थापन तथा पूर्ण निगरानीमा निर्माण भइरहेको यो राष्ट्रिय गौरवको आयोजनालाई २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ। निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले आयोजनाको हालको प्रगति, निर्माण व्यवस्थापन, समयसीमा तथा गुणस्तरका विषयमा जानकारी लिँदै कामलाई तोकिएको समयभित्र सम्पन्न गर्न निर्देशन दिइन्।

आयोजनाको समष्टिगत कार्ययोजनाअन्तर्गत १३ वटा निर्माण प्याकेज समावेश छन्। तीमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेका छन्।

काठमाडौं–तराई द्रुतमार्ग सम्पन्न भएपछि राजधानी काठमाडौं र तराई–मधेश क्षेत्रबीचको यात्रा समय उल्लेख्य रूपमा घट्ने, व्यापार–व्यवसाय विस्तार हुने तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।