नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भई ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च रेकर्ड हो। यसअघि सोमबार सुन तोलाको ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार चाँदी तोलामा १०५ रुपैयाँले वृद्धि भई ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र लगानीकर्ताको बढ्दो आकर्षणका कारण सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको व्यवसायीहरूको भनाइ छ।







प्रतिक्रिया