नेशनल लाइफद्वारा कोशी प्रदेशका १२० अभिकर्तालाई एमडीआरटी लक्ष्यसम्बन्धी विशेष तालिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयमा आवद्ध अभिकर्ता समूहलाई लक्षित गर्दै १ दिने व्यावसायिक तालिम प्रदान गरेको छ।

कम्पनीको प्रेरणा, प्रगति र पेशागत उत्कृष्टतालाई केन्द्रमा राखिएको मासिक योजना “मन्थन २०८२” अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनौट भएका १२० जना अभिकर्तालाई इलामको फिक्कलस्थित होटल एकोममा तालिम दिइएको हो। कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदले बीमा क्षेत्रको प्रतिष्ठित उपाधि एमडीआरटी (MDRT) लक्ष्य हासिल गर्ने उपायबारे व्यावहारिक उदाहरणसहित प्रशिक्षण दिए।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरूलाई पेशागत उत्कृष्टतामा पुर्‍याउन कम्पनीले निरन्तर विभिन्न योजना तथा तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्दै मन्थन २०८२ त्यही प्रयासको निरन्तरता भएको बताए।

त्यसैगरी, कोशी प्रदेशका विभिन्न शाखामा उत्कृष्ट कार्यसम्पादन गर्दै शाखा स्तरिय प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई पोलिसी सर्भिसिङ्ग विभाग प्रमुख सुस्मिता राणाले मायाको चिनो प्रदान गरिन्।

तालिममा सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकबाट सिक्ने अवसर उपलब्ध गराएकोमा कम्पनीप्रति आभार व्यक्त गरेका छन्। सम्मानित अभिकर्ताहरूले पनि आफूहरूको मेहनतको कदर भएको भन्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।