भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको एक प्रशिक्षण विमान पोखरीमा दुर्घटनाग्रस्त भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार विमान पोखरीमा खसेपछि यसको केही भाग पानीमा डुबेको देखिएको छ।
दुर्घटनाका क्रममा विमानमा सवार दुई जना चालक दलका सदस्यहरू भने सुरक्षित रहेका छन्। भारतीय वायुसेनाले जनाएको अनुसार प्रशिक्षण मिसनमा रहेको सानो विमानले प्राविधिक कारणले आपतकालीन अवतरण गर्नुपरेको थियो।
वायुसेनाले दुवै चालक दलका सदस्यहरू सकुशल रहेको पुष्टि गर्दै घटनाबारे विस्तृत छानबिन गर्न कोर्ट अफ इन्क्वायरी गठन गरिएको जनाएको छ। दुर्घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै स्पष्ट हुने बताइएको छ।







प्रतिक्रिया