म्याग्दीमा एक युवतीको हत्या भएको छ। धवलागिरि गाउँपालिका–७ सिवाङ झिनडाँडामा गएराति धारिलो हतियार प्रहारबाट २० वर्षीया पुनमाया विकको ज्यान गएको हो।
प्रहरीका अनुसार राति करिब साढे १० बजे घर बाहिर रहेकी विकलाई अज्ञात व्यक्तिले पछाडिबाट एक्कासि धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बेनी अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ। हत्या घटनामा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान कार्य जारी रहेको म्याग्दी प्रहरी प्रमुख डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए।







प्रतिक्रिया