यो वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम मेकानिक्ससम्बन्धी अनुसन्धान गरेका तीन अमेरिकी वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गर्ने भएका छन्। ‘म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनलिङ’ र ‘विद्युतीय सर्किटमा ऊर्जा क्वान्टाइजेशन’ हुन्छ भन्ने महत्त्वपूर्ण वैज्ञानिक खोजका लागि जोन क्लार्क, मिशेल एच. डेभोर र जोन एम. मार्टिनिसलाई २०२५ को नोबेल पुरस्कार प्रदान गर्न लागिएको हो।
नोबेल पुरस्कार समितिका अनुसार उनीहरूको अध्ययनले आधुनिक क्वान्टम भौतिकी र सुपरकन्डक्टिङ प्रविधिमा महत्वपूर्ण योगदान पुर्याएको छ। यो अनुसन्धानले क्वान्टम कम्प्युटिङ र न्यानोप्रविधिको विकासमा नयाँ ढोका खोलिदिएको बताइएको छ।
सन् १९०१ देखि हालसम्म भौतिकशास्त्रतर्फ ११९ पटकमा २२९ जनालाई नोबेल पुरस्कार प्रदान गरिएको छ। भौतिकशास्त्रको यो प्रतिष्ठित पुरस्कार स्टकहोमस्थित रोयल स्विडिश अक्याडेमी अफ साइन्सेसले प्रदान गर्छ। यस वर्षका विजेताहरूले संयुक्त रूपमा १.१ करोड स्विडिश क्रोनर (करिब ८.७० लाख पाउन्ड) नगद पुरस्कार र पदक प्राप्त गर्नेछन्।









प्रतिक्रिया