नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढेर २ लाख ६२ हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सुन तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। महासङ्घका अनुसार चाँदी तोलामा ११० रुपैयाँले वृद्धि भई ४ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी तोलाको ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।