चाँदीको मूल्यले बुधबार नयाँ उच्चतम रेकर्ड तोड्दै प्रतितोला ३ हजार ७५० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ३ हजार ६ सय रुपैयाँभन्दा १५० रुपैयाँ बढी हो। यसअघि गत बुधबार चाँदीको मूल्य ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य पनि बढेर प्रतितोला २ लाख ५२ हजार १ सय रुपैयाँ पुगेको छ, अघिल्लो दिनको २ लाख ५१ हजार ९ सय रुपैयाँको तुलनामा २ सय रुपैयाँ वृद्धि भएको हो। यद्यपि, सुनको मूल्यले गत असोज ३१ गते कायम भएको २ लाख ५८ हजारको रेकर्ड तोड्न सकेको छैन।






प्रतिक्रिया