हुम्लाको अदानचुली गाउँपालिका–१ स्थित जनकल्याण आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रहेका कर्णाली प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री रणसिंह परियारले पदबाट राजीनामा दिएका छन्। अनलाइनखबरले “पूर्वमन्त्री बने आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष” शीर्षकमा समाचार प्रकाशित गरेपछि उनको भूमिका व्यापक आलोचनामा परेको थियो।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै परियारले आफूले २२ गते भर्चुअल बैठकमार्फत अध्यक्ष पदबाट अलग रहने निर्णय लिई लिखित रूपमा राजीनामा दिएको जानकारी दिएका छन्।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षका लागि ६ जनाले आकांक्षा व्यक्त गरेका अवस्थामा परियार सर्वसम्मत रूपमा अध्यक्ष चुनिएका थिए। माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य निर्वाचित परियारलाई मुख्यमन्त्री यामलाल कँडेलले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए।







प्रतिक्रिया