कांग्रेस देउवा, शेखर र गगनपक्ष फुट उन्मुख, नयाँ पार्टी गठनको आन्तरिक गृहकार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेस भित्र उपसभापति पदसम्बन्धी विवाद चर्किँदा पार्टी नेतृत्व तहमै आन्तरिक संकट देखिएको छ। अनुशासन समितिले उपसभापति पदमा नरहेको दाबी गर्दै पूर्णबहादुर खड्का सँग स्पष्टीकरण मागेपछि विवाद सार्वजनिक भएको हो।

तर खड्काले आफू अझै आधिकारिक उपसभापति रहेको दाबी गर्दै समितिको निर्णय अस्वीकार गरेका छन्। यस घटनाले कांग्रेसभित्र नेतृत्व र पदको वैधतामाथि गम्भीर प्रश्न उठाएको छ।

जेनजी आन्दोलनपछि भएको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति चुनिए पनि शेरबहादुर देउवा र शेखर कोइराला समूहले त्यसलाई स्वीकार नगरेपछि पार्टी तीन धारमा विभाजित भएको बताइन्छ।

पार्टीको आधिकारिकताको विवाद हाल निर्वाचन आयोग र अदालतमा विचाराधीन छ। यसैबीच, कांग्रेसको आन्तरिक कलह, कमजोर प्रतिपक्ष भूमिका र चुनावी नतिजाका कारण पार्टी संकटमा परेको विश्लेषण गरिएको छ।

स्रोतका अनुसार पूर्वसभापति शेरबहादुर देउवा, वर्तमान सभापति थापा र नेता कोइराला समूहले सम्भावित नयाँ राजनीतिक रणनीति तथा संगठन पुनर्संरचनाबारे आन्तरिक छलफल थालेको बताइएको छ।

विश्लेषकहरूका अनुसार नेतृत्वबीचको अविश्वास र गुटबन्दी जारी रहेमा कांग्रेसको संगठनात्मक एकता थप कमजोर हुने जोखिम देखिन्छ।