रास्वपाले संसदीय समितिका सभापति उम्मेदवार टुंग्यायो (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिहरूको सभापतिका लागि आफ्ना उम्मेदवार टुंगो लगाएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले दुई संयुक्त र १० एकल समितिका सभापतिका उम्मेदवार चयन गरेको हो।

बैठकले सार्वजनिक लेखा समितिको सभापति पद भने प्रमुख प्रतिपक्ष दललाई दिने निर्णय गरेको छ।

संसदीय समितिहरूको निर्वाचन शुक्रबार हुने तय भएको छ भने आज उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न गरिँदैछ।