महिला हिंसाका घटनामा न्याय माग्दै महिला आयोगमा नाराबाजी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग परिसरमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंसा अन्त्य गर’, ‘महिला आयोग किन चुप ?’ लगायतका नारासहित उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।

सुर्खेतकी इनिशा बिक र खोटाङकी रेस्मिका परियारको बलात्कारपछि हत्या भएका घटनामा छिटो छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न पीडित परिवारले माग गरेका छन्।

पीडित पक्षले माइतीघर मण्डलामा धर्ना बस्दा पनि कुनै सुनुवाइ नभएको भन्दै महिला आयोगको ध्यानाकर्षण गराएका हुन्।

खोटाङ सेवा समाजले पनि पीडितको मागमा ऐक्यबद्धता जनाएको छ। समाजका सचिव नवराज रोकाले पीडितले छिटो न्याय पाउनुपर्ने र दोषीलाई कडा सजाय दिनुपर्ने बताएका छन्।