रणवीर सिंहको ‘धुरन्धर २’ को बक्सअफिसमा आँधी, तीन दिनमै ५०० करोड नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रणवीर सिंह मुख्य भूमिकामा रहेको फिल्म ‘धुरन्धर २’ ले बक्सअफिसमा आक्रामक कमाइ गर्दै नयाँ कीर्तिमान बनाएको छ।

रिलिजको तेस्रो दिन शनिबार मात्रै भारतमा ११३ करोड भारु नेट कलेक्सन गर्दै फिल्मले बलिउडका ठूला ब्लकबस्टर फिल्महरूको रेकर्ड तोडेको हो। बुधबारदेखि पेड प्रिभ्यु सुरु भएको यो फिल्मले भारतमा तीन दिनमै ३३९.२७ करोड भारु कमाएको छ।

विदेशी बजारमा ९६.५० करोड भारु कमाइसहित ‘धुरन्धर २’ को विश्वव्यापी कमाइ ५०१.०४ करोड भारु पुगेको छ। यो रणवीर सिंहको करिअरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ।

शनिबारको कमाइका हिसाबले ‘धुरन्धर २’ ले जवान, बाहुबली २ र दंगल जस्ता चर्चित फिल्महरूको तेस्रो दिनको कलेक्सनलाई समेत पछि पारेको छ।

आदित्य धर को निर्देशनमा बनेको यस फिल्ममा रणवीर सिंह गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। फिल्ममा सञ्जय दत्त, अर्जुन रामपाल र आर माधवन लगायतको अभिनय रहेको छ।

शनिबार भारतभरका हलमा फिल्मको अकुपेन्सी ८१.६ प्रतिशतभन्दा बढी रहेको जनाइएको छ, जसले दर्शकको उच्च आकर्षण देखाउँछ।

यसअघि रिलिज भएको ‘धुरन्धर’ ले पनि बक्सअफिसमा ठूलो सफलता हासिल गर्दै भारतमा एक हजार करोडभन्दा बढी कमाइ गरेको थियो।

व्यापार विवरण (भारत):

  • बुधबार (पेड प्रिभ्यु): ४३ करोड भारु
  • बिहीबार: १०२.५५ करोड भारु
  • शुक्रबार: ८०.७२ करोड भारु
  • शनिबार: ११३ करोड भारु
  • जम्मा: ३३९.२७ करोड भारु