सोमबार सेयर बजारमा गिरावट आएको छ। NEPSE Index २६.०७ अंकले घटेर २७९८ अंकमा झरेको हो। कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन १४ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएकोमा आज ११ अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ।
आज ४८ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ। उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहका सूचक घटेका छन्। उत्पादन तथा प्रशोधन समूहको सूचक भने ०.२५ प्रतिशतले बढेको छ।
बैंकिङ समूह १.६१ प्रतिशत, विकास बैंक ०.८४ प्रतिशत, फाइनान्स ०.७१ प्रतिशत, होटल तथा पर्यटन ०.२६ प्रतिशत, लगानी १.५२ प्रतिशत, जीवन बीमा ०.९४ प्रतिशत, माइक्रोफाइनान्स ०.७५ प्रतिशत, निर्जीवन बीमा ०.४५ प्रतिशत, अन्य १.०९ प्रतिशत तथा व्यापार समूह ०.२१ प्रतिशतले घटेका छन्।
आज ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा Reliance Spinning Mills, Salpa Bikas Bank, Upper Hewakhola Hydropower, Solukhola Hydropower र Hotel Forest Inn रहेका छन्।
त्यस्तै People’s Hydropower को सेयर मूल्य ६.५१ प्रतिशत, Sindhu Bikas Bank को ६.३३ प्रतिशत र National Hydropower Company को ५.३६ प्रतिशतले बढेको छ।
यता Narayani Development Bank को सेयर मूल्य सबैभन्दा धेरै ४.१८ प्रतिशतले घटेको छ भने GreenLife Hydropower को मूल्य ३.९८ प्रतिशतले घटेको छ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा Aankhu Khola Jalvidyut Company, National Hydropower Company, Upper Hewakhola Hydropower, SY Panel Nepal र Ridi Power Company रहेका छन्।









प्रतिक्रिया