Shahid Lakhan Rural Municipality–३ कान्टारमा शनिबार भएको यात्रुवाहक माइक्रोबस दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान खुलेको छ। बा.प्र.०१–००६ ख ८४३० नम्बरको माइक्रोबसमा Manakamana Temple दर्शन गरेर फर्कँदै गरेका यात्रु सवार थिए।
District Police Office Gorkha का प्रमुख भरतबहादुर विकका अनुसार दुर्घटनामा परेर मृत्यु हुने सातै जना India का नागरिक हुन्। मृत्यु हुनेमा करिब ५८ वर्षीय मुतु कुमार, ५८ वर्षकै अनामलिक, ५९ वर्षकी मीनाक्षी, ५३ वर्षकी सिवगामी, ५७ वर्षीय विजायल, ५८ वर्षकी मीना र ६० वर्षीय तमिलारसी रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मनकामना दर्शन गरेर फर्केका १६ जना भक्तजन सवार विद्युतीय माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो। प्रारम्भिक अनुमान अनुसार माइक्रोबसको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि Chitwan Medical College लगिएको छ। घाइतेमध्ये ६२ वर्षीय सोरनम, ६५ वर्षीय मङ्गदा जलम, ७५ वर्षीया सुभाद्रा, ६५ वर्षीया मायाल, ७३ वर्षीया सरोजा, ७५ वर्षीया भाग्यलक्ष्मी र ३४ वर्षीया मीनाक्षीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
माइक्रोबसका चालक Besishahar Municipality–१ का ४६ वर्षीय पुष्प मल्ल ठकुरी सकुशल रहेका छन् भने सहचालक बेँसीसहर–३ का २९ वर्षीय सन्तोष गुरुङ घाइते भएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया