इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमाथि मिसाइल आक्रमण भएको छ । इराकी अधिकारीहरूका अनुसार दूतावास परिसरभित्र रहेको हेलिप्याड क्षेत्रमा एक मिसाइल खसेको हो ।;यसअघि साउदी अरेबियाको एक हवाई अड्डामा पार्क गरिएका अमेरिकी वायुसेनाका पाँच वटा विमान नष्ट भएको खबर पनि सार्वजनिक भएको छ ।
अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार ती विमान इन्धन भर्ने ट्यांकर प्रकारका थिए ।समाचारमा ती विमान इरानको आक्रमणबाट क्षतिग्रस्त भएको उल्लेख गरिएको छ, तर आक्रमण कहिले भएको हो भन्ने स्पष्ट गरिएको छैन । यस विषयमा अमेरिकी केन्द्रीय कमान्डले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।यसैबीच, इराकमै अमेरिकी वायुसेनाको बोइङ केसी-१३५ इन्धन भर्ने विमान पनि दुर्घटनाग्रस्त भएको थियो । शुक्रबार भएको उक्त दुर्घटनामा विमानमा सवार सबै ६ जना चालकदल सदस्यको मृत्यु भएको जनाइएको छ ।इरानसँगको युद्ध सुरु भएयता अहिलेसम्म ११ जना अमेरिकी सैनिकको ज्यान गएको बताइएको छ।








प्रतिक्रिया