बसरा नजिक अमेरिकी तेल ट्यांकरमा आक्रमण, एक भारतीयको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Iraq को बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमा आक्रमण भएको छ। उक्त घटनामा एक भारतीय नागरिकको मृत्यु भएको बताइएको छ।

Embassy of India in Iraq ले जारी गरेको विज्ञप्तिअनुसार मार्सल टापुहरूको झन्डा फहराउँदै आएको अमेरिकी कच्चा तेल ट्यांकर ‘सेफसी विष्णु’ मा मार्च ११, २०२६ मा आक्रमण भएको हो।

दूतावासले आक्रमण कसले गरेको भन्नेबारे भने उल्लेख गरेको छैन। सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत जारी विज्ञप्तिमा ट्यांकरमा आक्रमण भएको जानकारी दिइएको हो।

जहाजमा रहेका अन्य १५ जना भारतीय चालक दलका सदस्यलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ।

बगदादस्थित भारतीय दूतावासले इराकी अधिकारीहरू र उद्धार गरिएका भारतीय नाविकहरूसँग निरन्तर सम्पर्कमा रही आवश्यक सहयोग गरिरहेको जनाएको छ। साथै, दूतावासले मृतक चालक दलका सदस्यका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।