उनी अपराह्न ४ः२० बजे एयर इन्डियाको उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन्। भट्टराई नयाँ दिल्लीमा आयोजना हुने ‘एनएक्सटी–२०२६’ सम्मेलनमा सहभागी हुन भारत गएको उनको सचिवालयले जनाएको छ।
फागुन २८ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त सम्मेलनमा भट्टराई ‘गेस्ट अफ अनर’का रूपमा सहभागी हुनेछन्। सम्मेलनमा उनले ‘डेमोक्रेसी इन द एज अफ एआई: डिजिटल गभर्नेन्स एन्ड द युथ’ शीर्षकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनमा नरेन्द्र मोदीले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने जनाइएको छ। साथै विश्वभरका नीति–निर्माता, व्यवसायी, प्रविधि विज्ञ, सांसद तथा शिक्षाविद्हरूको पनि सम्मेलनमा सहभागिता रहने आयोजकले जनाएको छ।
भट्टराई फागुन ३० गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।







प्रतिक्रिया