नेप्से ४६.७८ अंकले घट्यो, कारोबार रकम १३ अर्बमा सीमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुधबार सेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६.७८ अंकले घट्दै २७९६.५७ विन्दुमा बन्द भएको हो। यो अघिल्लो कारोबार दिनको तुलनामा १.६४ प्रतिशतले कम हो।

यसदिन सेन्सेटिभ इन्डेक्स पनि ८.३२ अंकले घटेर ४८१.३७ विन्दुमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १.६९ प्रतिशतले कम हो।

आज ३२९ कम्पनीका एक लाख १५ हजार ५५० पटकका कारोबारमा तीन करोड ६० लाख ४९ हजार ४५१ कित्ता सेयर किनबेच भएका छन्। कुल कारोबार रकम १३ अर्ब १८ करोड २ लाख ५५ हजार १५७ रुपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबार भने २१ अर्ब ५० करोडभन्दा बढीको कारोबार भएको थियो।

कारोबार भएका कम्पनीमध्ये २२५ कम्पनीको सेयर मूल्य घटेको छ भने ३४ कम्पनीको मूल्य बढेको छ। तीन कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

नेप्सेमा कारोबार भएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको उपसूचक मात्र ०.३४ प्रतिशतले बढेको छ। बाँकी सबै १२ समूहका सूचक घटेका छन्। वाणिज्य बैंक १.८२ प्रतिशत, विकास बैंक १.६१ प्रतिशत, फाइनान्स २.०८ प्रतिशत, होटल तथा पर्यटन १.५६ प्रतिशत, जलविद्युत् ०.७१ प्रतिशत, लगानी १.८७ प्रतिशत, जीवन बीमा १.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन १.४३ प्रतिशत र लघुवित्त १.६४ प्रतिशतले घटेका छन्।

त्यस्तै निर्जीवन बीमा ०.९७ प्रतिशत, अन्य समूह १.८३ प्रतिशत तथा व्यापार समूहको सूचक सबैभन्दा बढी ३.४० प्रतिशतले ओरालो लागेको छ।

बुधबार साल्पा विकास बैंक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसका लगानीकर्ताले १० प्रतिशतसम्म नाफा कमाएका छन्। यता कालिका पावर कम्पनी लिमिटेडका लगानीकर्ताले भने ८.४७ प्रतिशतले सेयर मूल्य गुमाएका छन्।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनी लिमिटेडको ८५ करोड ९४ लाख ५० हजार ३९४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै कारोबार भएका सेयर सङ्ख्याका आधारमा पनि रिडी पावरकै २४ लाख ३७ हजार ३३० कित्ता सेयर किनबेच भएको छ। कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ कायम भएको छ।