पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि (बुधबार) भारत जाने भएका छन्।
उनको सचिवालयका अनुसार नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन उनी नयाँदिल्ली प्रस्थान गर्न लागेका हुन्।
समिट नयाँदिल्लीस्थित भारत मण्डपममा यही मार्च १२, १३ र १४ मा आयोजना हुने भएको छ। उक्त कार्यक्रममा भट्टराई ‘गेस्ट अफ अनर’का रूपमा सहभागी हुने जनाइएको छ।
आयोजकका अनुसार सम्मेलनमा विश्वभरका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्धजस्ता समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
यस समिटमा नरेन्द्र मोदीको पनि सहभागिता रहने जनाइएको छ। विभिन्न देशका सांसद, नीति–निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहने यस सम्मेलनलाई समसामयिक वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।
भट्टराईले मार्च १४ मा ‘डेमोक्रेसी इन द एज अफ एआईएम डिजिटल गभर्नेन्स एण्ड द युथ’ शीर्षकको सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। कार्यक्रम सकेपछि उनी सोही दिन स्वदेश फर्कनेछन्।







प्रतिक्रिया