मंगलबार सेयर बजार खुलेको २० मिनेटमै ५ अर्बभन्दा बढीको कारोबार भएको छ। सुरुवाती २० मिनेटमा मात्रै ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो।
अघिल्लो दिन भने दिनभर जम्मा ५८ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो। त्यसदिन बजारमा उच्च वृद्धि भएपछि तीन पटकसम्म सर्किट लाग्दै कारोबार स्थगित भएको थियो, जसका कारण धेरै लगानीकर्ताले किनबेच गर्न पाएका थिएनन्।
आज भने बजार खुलेदेखि नै उच्च रकमको कारोबार देखिएको हो। सुरुवाती कारोबारमा नेप्से परिसूचक उच्च गिरावटमा देखिए पनि केही समयपछि बजार सम्हालिएको छ।
११ः१० बजे नेप्से परिसूचक करिब ४० अंकसम्म घटेको थियो। तर त्यसपछि क्रमशः सुधार हुँदै ११ः२० बजेसम्ममा नेप्से ३.६ अंकले बढेको देखिएको छ।
बजारमा सुरुमा देखिएको तीव्र गिरावटपछि लगानीकर्ताको सक्रियतासँगै कारोबार रकम र सूचक दुवैमा सुधार देखिएको छ।









प्रतिक्रिया