२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न ४१ वटा राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।
निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म ४१ दलले घोषणापत्र सार्वजनिक गरी आयोगमा जानकारी गराएका हुन्।
प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिने दलको संख्या ६७ रहेको छ भने समानुपातिकतर्फ ६३ दलका उम्मेदवार रहेका छन्। तीमध्ये ४१ दलले मात्र हालसम्म घोषणापत्र सार्वजनिक गरेका हुन्।
आयोगले फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन दिएको थियो। तर अझै पनि केही दलहरूले घोषणापत्र सार्वजनिक गरी औपचारिक रूपमा पेस नगरेको आयोगले जनाएको छ।
निर्वाचन घोषणापत्रप्रति राजनीतिक दल तथा उम्मेदवारलाई नागरिकसमक्ष जवाफदेही बनाउन यो व्यवस्था गरिएको हो। यससम्बन्धी प्रावधान निर्वाचन आचारसंहिता २०८२को दफा ३७ मा उल्लेख छ। आचारसंहिताअनुसार निर्वाचनमा सहभागी दलहरूले आफ्नो घोषणापत्र सार्वजनिक गरी तोकिएको निकायमा बुझाउनुपर्ने व्यवस्था रहेको छ।







प्रतिक्रिया