जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल आएका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सन् २०२६ को जनवरीमा नेपालमा ९२ हजार ५७३ पर्यटक भित्रिएका छन्, जुन गत वर्षको समान महिनाको तुलनामा १५.७ प्रतिशत बढी हो।

नेपाल पर्यटन बोर्डका अनुसार, भारतबाट सबैभन्दा बढी २६ हजार ६२४ पर्यटक आएका छन्। त्यसैगरी, चीनबाट ९ हजार १०१, संयुक्त राज्य अमेरिकाबाट ८ हजार ४०६, बङ्गलादेशबाट ५ हजार ८१४, र अस्ट्रेलियाबाट ४ हजार ९५७ पर्यटक आएका छन्।

क्षेत्रीय आधारमा हेर्दा, दक्षिण एसियाली मुलुक (सार्क) बाट ३९.३ प्रतिशत, अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत, र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक नेपाल आएका छन्। मध्यपूर्वबाट १ प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक आएको जानकारी नेपाल पर्यटन बोर्डले दिएको छ।