डा. राजन भट्टराईको चेतावनी: अन्तर्राष्ट्रिय अव्यवस्थाको गम्भीर असर नेपालमा बढ्दैछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा पर्दै गएको टिप्पणी गरेका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले हालको विश्वव्यापी अव्यवस्था (इन्टरनेशनल डिसअर्डर) ले नेपालको राजनीति मात्र होइन, समग्र राज्य प्रणालीमै असर पार्न थालेको र आगामी दिनमा यो प्रभाव अझ गहिरो बन्ने चेतावनी दिए।

‘हामी अत्यन्त फरक खालको अन्तर्राष्ट्रिय परिस्थितिमा छौं। यसको असर नेपालमा पर्न थालेको छ कि छैन भन्ने विषयमा बहस भइरहेको भए पनि प्रभाव स्पष्ट देखिन थालेको छ,’ भट्टराईले भने, ‘अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको तानातानमा नेपाल पनि पर्दै गएको छ।’

ठूला राजनीतिक दलहरू संकटमा परेपछि त्यसलाई विदेशी हस्तक्षेप वा षड्यन्त्रसँग जोडेर हेर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उनले यस्तो सामान्यीकरण सत्य नभएको बताए।

‘अहिले न्यारेटिभ बनाइन्छ—ठूला दल समस्यामा परेपछि विदेशी हस्तक्षेप देख्छन् भनेर। तर आजको विश्व परिवेशमा इन्टरनेशनल डिसअर्डर जुन रूपमा भत्किँदै गएको छ, त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्दै गएको छ,’ उनले स्पष्ट पारे।

डा. भट्टराईले यस अवस्थालाई हेलचेक्र्याइँ गरेमा गम्भीर परिणाम देखिन सक्ने चेतावनी दिँदै अहिले नै समाज र राजनीतिभित्र विभाजनको संकेत देखिन थालेको बताए।