काठमाडौं — उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धक रहँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार मुद्दा दायर हुनेमा तत्कालीन महाप्रबन्धक सुरेन्द्र पौडेलसँगै निमित्त महाप्रबन्धक नवल किशोर साह, नायब महाप्रबन्धक महेश काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेश साह, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, अर्का विभाग प्रमुख हरि अधिकारी र बिक्री विभाग प्रमुख रामबहादुर जिसी रहेका छन्।
अख्तियारले उनीहरूमाथि १२ करोडदेखि ४६ करोड रुपैयाँसम्मको आर्थिक अनियमितता गरेको आरोप लगाएको छ। विवरणअनुसार सुरेन्द्र पौडेल र महेश काफ्लेमाथि १२ करोड ६३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ भने अन्य प्रतिवादीहरूमाथि ४६ करोड ५२ लाख रुपैयाँ बराबरको अनियमितता गरेको दाबी अख्तियारको छ।
उक्त मुद्दा विशेष अदालतमा दायर गरिएको अख्तियारले जनाएको छ।







प्रतिक्रिया