काठमाडौं — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले नेपाली सेनासँग साना हतियार (पेस्तोल) सापटी मागेको छ।
निर्वाचन सुरक्षामा प्रयोग गर्न आफ्ना हतियार अपुग भएको भन्दै प्रहरीले सेनासँग पेस्तोल सापटी माग गरेको हो। प्रहरी प्रधान कार्यालयका एक अधिकृतले हतियार सापटी मागिएको पुष्टि गरे पनि संख्या भने औपचारिक रूपमा खुलाउन चाहेनन्।
प्रधान कार्यालय स्रोतका अनुसार करिब ३ हजार पेस्तोल सापटी माग गरिएको बताइएको छ। नेपाल प्रहरीले यसअघिका निर्वाचनहरूमा पनि सुरक्षाका लागि सेनासँग हतियार सापटी लिएर प्रयोग गर्दै आएको थियो।
यसपटक पनि हतियार अभाव भएपछि सापटी माग गरिएको जनाइएको छ। प्रहरी स्रोतका अनुसार, जेनजी आन्दोलनका बेला केही हतियार लुटपाटमा परेकाले पनि हतियार अभाव देखिएको हो।







प्रतिक्रिया