राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले झापा–५ र ३ मा एमालेसँग कुनै चुनावी तालमेल नभएको स्पष्ट गरेका छन्।
लिङदेनले सामाजिक सञ्जालमा राप्रपाले एमालेसँग गठबन्धन गरेको भनी भ्रम सिर्जना गर्ने प्रयास भइरहेको भन्दै यसलाई साइबर कानुनको उल्लंघनको रूपमा मूल्याङ्कन गरे। उनले भने, “एउटा सानो झुण्ड झापा–५ र ३ मा राप्रपाले एमालेसँग गठबन्धन गरेको छ भनेर सुनियोजित प्रचारमा उत्रेर भ्रम सिर्जना गर्ने कोसिस गर्दैछ। म शालिनतापूर्वक आग्रह गर्छु, यो निर्वाचन आचार संहिता र साइबर कानुनको उल्लंघन हो।”
अध्यक्ष लिङदेनले थपे कि सामाजिक सञ्जालमा भ्रमपूर्ण सन्देश लेख्ने वा कमेन्ट गर्ने सबैलाई निर्वाचन आयोग र प्रहरीमा उजुरी गर्ने तयारी गरिनेछ।
उनीहरूले यसपटक राप्रपाले देशभर कुनै दलसँग गठबन्धन नगरिकन मात्र जनतासँग गठबन्धन गर्दै निर्वाचनमा होमिएको पनि स्पष्ट पारे।







प्रतिक्रिया