टिकटक स्टार खाबी लेमले १ अर्ब डलर बराबरको ‘अल-स्टक’ सम्झौतामा हस्ताक्षर, एआई मार्फत कन्टेन्ट उत्पादन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वकै चर्चित टिकटक स्टार खाबी लेम ले हङकङस्थित रिच स्पार्कल होल्डिङ्ससँग झन्डै ९७५ मिलियन डलर (करीब १ खर्ब ३० अर्ब नेपाली रुपैयाँ) बराबरको व्यापारिक सम्झौता गरेका छन्।

यस अल-स्टक डिल अन्तर्गत, खरिदकर्ता कम्पनीले लेमलाई नगद पैसा दिनुको सट्टा आफ्नै कम्पनीको शेयर दिएको छ। जसका कारण खाबी कम्पनीको प्रमुख शेयरकर्ता पनि बनेका छन्।

सम्झौताअन्तर्गत कम्पनीले खाबीको अनुहार, आवाज र व्यवहारलाई एआईमा प्रयोग गर्नेछ। यसको मतलब, खाबी आफैं भिडिओ सुट नगरे पनि एआई अवतारले विभिन्न भाषामा भिडियो कन्टेन्ट उत्पादन गर्न सक्नेछ। यसबाट वार्षिक ४ अर्ब डलरको व्यापार हुने अपेक्षा गरिएको छ।

खाबी लेम को हुन्?
२५ वर्षीय सेनेगली-इटालियन मूलका खाबीले सन् २०२० मा फ्याक्ट्री मेसिन अपरेटरको काम गुमेपछि टिकटक सुरु गरेका थिए। उनी शारीरिक हाउभाउमा आधारित ‘साइलन्ट’ भिडियोहरू बनाउने शैलीका कारण एकाएक चर्चित बनेका हुन्। हाल उनी १६ करोड बढी फलोअर्ससहित टिकटकमा लोकप्रिय छन्।

अमेरिकी अध्यागमन अधिकारीहरूले भिसा सकिएको कारण उनलाई डिपोर्ट गरेका थिए। अब उनले एआई प्रविधिमार्फत **‘साइलेन्ट पार्टनर’**को रूपमा काम गर्नेछन्।