वीरगञ्जस्थित मानवसेवा आश्रममा आश्रित ज्येष्ठ तथा असहाय आमा–बुबालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
नेपाल इनोभेटिभ सोसाइटी पर्साले आयोजना गरेको शिविरमा आश्रममा बसोबास गर्ने व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा औषधि वितरण गरिएको थियो । नारायणी अस्पतालका वरिष्ठ स्वास्थ्यकर्मी हेमा थापासहित चिकित्सकहरू डा. निरजकुमार सिंह, डा. मनोज उपाध्याय र डा. प्रीती यादवले स्वास्थ्य परीक्षण गरेका थिए ।
शिविरमा सहभागी प्रत्येक व्यक्तिको विस्तृत जाँच गर्दै रोग पहिचान, उपचार विधि र सावधानीबारे परामर्श प्रदान गरिएको थियो । स्वास्थ्य जाँचका क्रममा केही आश्रितहरूमा आङ खस्ने, स्तनमा गाँठो, योनिमा घाउ, पिसाब चुहिने तथा पाठेघरसम्बन्धी समस्या देखिएको सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईंले जानकारी दिए ।









प्रतिक्रिया