सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको रासन स्केल तथा दैनिक रकम बढाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
गृहमन्त्री अर्यालका अनुसार बढेको रासन रकम आगामी फागुन १ गतेदेखि लागू हुनेछ। रासन स्केल र दैनिक भत्तामा वृद्धि गर्ने निर्णय भए पनि कति रकम बढाइएको हो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।
नेपाल प्रहरीका कर्मचारीहरूको जीवनयापन सहज बनाउने उद्देश्यले रासन रकम वृद्धि गरिएको बताइएको छ। सरकारको यस निर्णयले प्रहरी संगठनभित्र सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ।







प्रतिक्रिया