राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ गते (आइतबार) जापान भ्रमणमा जाने भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको जापान भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त जानकारी दिएका छन्।
उनका अनुसार राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल माघ १८ देखि २१ गतेसम्म जापान भ्रमणमा रहनेछ। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठको उपलक्ष्यमा जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ जान लागेका हुन्।
‘नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठको अवसरमा २०८२ साल माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई भ्रमण स्वीकृति दिने निर्णय भएको छ,’ प्रवक्ता अर्यालले बताए।







प्रतिक्रिया