नेप्से सूचक बुधबार सामान्य रूपमा बढेको छ। आज नेप्से ५.३८ अंकले बढेर २७३१.८९ विन्दुमा पुगेर बन्द भएको छ।
कारोबार दिनभर ३३४ कम्पनीका २ करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ रुपैयाँ बराबरमा कारोबार भएका छन्। बैंकिङ, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीव बीमा समूहबाहेक अन्य सबै क्षेत्रका शेयर मूल्यमा वृद्धि देखिएको छ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक र अन्खु खोला हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मिथिला लघुवित्तको शेयर ९.५१ प्रतिशतले बढेको छ। यता, गुडविल फाइनान्सको डिबेञ्चरको मूल्य भने सबैभन्दा धेरै ८.०७ प्रतिशतले घटेको छ।
कारोबार रकमतर्फ अन्खु खोला हाइड्रोपावरको सबैभन्दा बढी ८३ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने राढ़ी विद्युतको ५४ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।







प्रतिक्रिया