बालेन आज कैलाली–कञ्चनपुरमा १३ कार्यक्रममा सहभागी हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आज एकैदिन १३ वटा कार्यक्रममा सम्बोधन गर्ने भएका छन्।

रास्वपाका अनुसार मंगलबार बिहान कैलाली पुगेका बालेनले कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा आयोजना हुने १३ कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। पार्टीको संगठन विस्तार, राजनीतिक एजेन्डा र समसामयिक विषयमा उनले कार्यकर्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने जनाइएको छ।

सुदूरपश्चिम प्रदेशमा रास्वपाको उपस्थितिलाई थप सुदृढ बनाउने उद्देश्यसहित बालेनको व्यस्त कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ।