पाल्पा — पाल्पा क्षेत्र नम्बर २ मा एक जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। यससँगै अब उक्त क्षेत्रमा १६ जना उम्मेदवार कायम रहेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गत माघ ६ गते १४ राजनीतिक दल र ३ स्वतन्त्र गरी कुल १७ जनाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए।
स्वतन्त्र उम्मेदवार देवीप्रसाद भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उम्मेदवार संख्या १६ मा झरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, तानसेनले जनाएको छ। भण्डारीले नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेलाई समर्थन गर्ने बताएका छन्।







प्रतिक्रिया