नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९ हजार २ सय रुपैयाँले वृद्धि हुँदै तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ।
यसअघि बिहीबार सुन तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा देखिएको व्यवसायीहरूले बताएका छन्।
यसैगरी, चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको छ। महासङ्घका अनुसार शुक्रबार चाँदी तोलामा ३२० रुपैयाँले बढ्दै तोलाको ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार चाँदी तोलाको ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
सुनचाँदीको मूल्य निरन्तर बढ्दै जाँदा गहना व्यवसायमा प्रभाव पर्ने र उपभोक्ताको खरिद क्षमता प्रभावित हुन सक्ने व्यवसायीहरूको भनाइ छ।







प्रतिक्रिया